१८ बैशाख २०८१, मंगलबार

रोल्पाको सुनछहरी गाउँपालिकाद्धारा ३७ करोड ६१ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजनिक

प्रकाशित मिति :  24 June, 2020 3:53 pm


जुनिस कुमार बिष्ट-

रोल्पा, १० असार ।

रोल्पाको सुनछहरी गाँउपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि ३७ करोड ६१ लाख ५७ हजार ९४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाँउ सभामा आज गाउँपालिका आर्थिक समिति संयोजक एवं सुनछहरी गाउपालिका वडा नम्बर ७ का अध्यक्ष टीका बहादुर बुढा मगरले ३७ करोड ६१ लाख ५७ हजार ९४ बजेट प्रस्तुत गरेका हुन् । गाँउपालिकाले  प्रत्येक वडालाई १/१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बजेटमा आर्थिक बिकास तर्फ १ करोड ३ लाख ५० हजार,कृषि तर्फ ५१ लाख ४० हजार, पर्यटन तर्फ ६ लाख ५० हजार,उद्योग तर्फ ३ लाख ९५ लाख,पशुपन्क्षीतर्फ ४ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै सामाजिक बिकास तर्फ ८० लाख १४ हजार रुपैयाँ छ । जसअन्तर्गत शिक्षा विकास तर्फ १० लाख २५ हजार ,स्वास्थ्य तर्फ २८ लाख ९० हजार,खानेपानी तर्फ २ लाख,संस्कृति संरक्षण तर्फ १० लाख,लक्षित वर्ग तर्फ २४ लाख १० हजार र खेलकुद बिकास तर्फ ४ लाख ८९ हजार रुपैयाँ विनियान गरिएको बुढाले जानकारी दिए ।

गाँउपालिकाले पूर्वधार विकास तर्फ ६ करोड १० लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ। जस अन्तर्गत सडक तथा झोलुङ्गे पुल तर्फ १ करोड ३९ लाख ५० हजार,सिंचाइ तथा खानेपानी तर्फ ५० लाख २० हजार,भवन तर्फ ३ करोड ३४ लाख ५० हजार,निर्मित भवन तथा सडकको भौतिक मर्मत सुधार ८३ लाख ४० हजार,बस्ती संरक्षण तर्फ ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसै गरि वन तथा वातावरण तथा विपद व्यवस्थापन तर्फ ५१ लाख विनियोजन भएको छ।जस अन्तर्गत वन तथा भु-संरक्षममा ६ लाख ५० हजार,जलाधार संरक्षणमा ५० हजार,फोहोर मैला व्यवस्थापनमा ३ लाख ५० हजार र प्रकोप व्यवस्थापनमा ४१ लाख रुपैयाँ विनियोजन भएको छ ।

सुशासन तथा संस्थागत बिकास अन्तर्गत १ करोड ४ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाँउपालिकाले चालु खर्च तर्फ ७ करोड १६ लाख ४१ लाख ८ हजार ९४ विनियोजन गरिएको छ भने वडा कार्यालयको चालु खर्च तर्फ ४५ लाख ७६ हजार २ सय रुपैयाँ विनियोजन गरिएको छ।

गाउँ पालिकाले कृषि तर्फ खाद्य बाली लगाएत आलु ,मसला बाली ,अलैंची सुन्तला उत्पादनलाई प्राथमिकतामा राखेको छ । पशु तर्फ माहुरी, बाख्रा पालन, पालनलाई प्राथमिक्तामा राखेको भने घाँस खेतीलाई बजेटले प्राथमिकता दिएको छ ।

स्वास्थ्य तर्फ गाउपालिकामा पन्ध्र शैयाको अस्पताल निर्माण कार्यलाई कार्यान्वयन गर्ने, गाउँघर क्लिनिक भवनहरु बनाउने, गाउँपालिका स्तरमा एउटा ल्यावको प्रबन्ध गर्न बजेट विनियोजन गरिएको छ ।

शिक्षा तर्फ गाउपालिका शिक्षा ऎन बनाई कार्यान्वयन गर्ने,बिधालयहरुलाई अपांग मैत्री र छात्रामैत्री बनाइने माध्यमिक बिधालयहरुमा ब्यवस्थित पुस्तकालय बिज्ञान प्रयोगशाला र कम्युटर शिक्षाका स्थापना गर्ने मगर खाम भाषाबाट प्राथमिक तहसम्मको बिधालय सञ्चालन गर्न गाँउपालिकाले बजेट विनयोजन गरेको प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर पुनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !