१६ बैशाख २०८१, आइतबार

दाङको बंगलाचुली गाउँपालिकाको बजेट ५१ करोड ६३ लाख रुपैयाँ, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

प्रकाशित मिति :  24 June, 2020 5:14 pm


दाङ, १० असार ।

दाङको बंगलाचुली गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर आर्थिक बर्ष २०७७७८ का लागि ५१ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले यस वर्ष पूँजीगत तर्फ २२ करोड ४६ लाख अर्थात ४४ प्रतिशत र चालु तर्फ शिक्षा र स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा रकम ५ करोड २० लाख सहित २८ करोड ९९ लाख अर्थात (५६ प्रतिशत) गरी कूल जम्मा ५१ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

गाँउ सभामा उपाध्यक्ष यमुना थापामगरले प्रस्तुत गरेको बजेटमा शिक्षामा १६ करोड २२ लाख अर्थात कूल बजेटको ३१ प्रतिशत र स्वास्थ्यमा ७ करोड ६३ लाख अर्थात कूल बजेटको १५ प्रतिशत गरी जम्मा २३ करोड ८५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

यस बर्ष बंगलाचुली गाउँपालिकाले सामाजिक विकास,स्वास्थ्य र शिक्षा,आर्थिक विकास,कृषि उत्पादन र रोजगारी,वन, वातावरण तथा विपद व्यवस्थापन,संस्थागत विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो

प्रस्तुत बजेट मध्ये नेपाल सरकारको अनुदानबाट ३० करोड ४५ लाख, संघीय राजश्व बाँडफाँडबाट ८ करोड ५८ लाख ५८ हजार ३ सय १०, प्रदेश सरकारको अनुदानबाट ३ करोड ९९ लाख ३२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४० लाख २६ हजार र आन्तरिक राजश्व बाट १ करोड ४० लाख रुपैयाँको आय अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !