१० पुस २०८२, बिहिबार

मुख्यमन्त्री आचार्यद्वारा क्रिसमस–डेको अवसरमा शुभकामना

प्रकाशित मिति :  25 December, 2025 8:36 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमस–डेको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले क्रिसमस पर्वले प्रेम, करुणा, सहिष्णुता र मानवता जस्ता सार्वभौमिक मूल्यहरूलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।

विविधताभित्रको एकता नेपालको मौलिक पहिचान भएको उल्लेख गर्दै उनले सबै धर्म, संस्कृति र समुदायबीच आपसी सद्भाव र सामाजिक ऐक्यबद्धता अझ मजबुत हुने अपेक्षा गरेका छन् ।

मुख्यमन्त्री आचार्यले क्रिसमस पर्वले समाजमा शान्ति, खुशी र सकारात्मक ऊर्जा फैलाओस् भन्ने कामना गरे । साथै समृद्ध लुम्बिनी र सुखी नागरिक निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !