१५ पुस २०८२, मंगलबार

नेपाली कम्युनिस्ट पार्टीकाे समानुपातिक सूचीमा लुम्बिनीबाट १३ जना समेटिए

कपिलबस्तु, गुल्मी, रुपन्देही र नवलपरासी (पश्चिम) काे उपस्थिति शून्य
प्रकाशित मिति :  30 December, 2025 2:05 pm


दाङ । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा लुम्बिनी प्रदेशबाट १३ जना उम्मेदवार समावेश भएका छन् । यद्यपि प्रदेशका कपिलबस्तु, गुल्मी, रुपन्देही र नवलपरासी (पश्चिम) चार जिल्लाको प्रतिनिधित्व सूचीमा अटाउन सकेन ।

बन्दसूचीमा खस आर्य पुरुष र मधेशीतर्फ कोही पनि समावेश हुन सकेनन् । यद्यपि साविककाे भेरी अञ्चलअन्तर्गतका बाँके र बर्दिया जिल्लाबाट उल्लेख्य सहभागिता देखिएको छ, दुवै जिल्लाबाट ३/३ जना उम्मेदवार बन्दसूचीमा परेका छन् ।

समावेशिताको दृष्टिले सूचीमा खस आर्य, जनजाति, दलित, थारु र मुस्लिम समुदायका प्रतिनिधि छन् । खस आर्यतर्फ बाँकेकी मञ्जु कोइराला र प्यूठानकी उमा अधिकारी परेका छन् । जनजातितर्फ दाङकी भिमकुमारी बुढा र रुकुम पूर्वकी सुनिता बुढा समेटिएका छन्।

दलित समुदायबाट पाल्पाकी पार्वती विक, अर्घाखाँचीका ठाकुरकुमार विक तथा रोल्पाका गीता गहतराज र कृष्ण नेपाली सूचीमा छन् ।

थारु समुदायतर्फ बर्दियाकी अञ्जु दहित र भवनकुमार थारु, दाङकी सस्मति चौधरी र बाँकेकी उषाकुमारी थारु समावेश छन् । मुस्लिम समुदायबाट बाँकेकी जार्मिया खातुन सूचीमा परेकी छन्।

प्रदेशगत प्रतिनिधित्वमा केही जिल्लाको अनुपस्थितिले बहस निम्त्याए पनि, समावेशिताको दायरा फराकिलो बनाउने प्रयासस्वरूप विभिन्न समुदायका उम्मेदवार समेटिएको पार्टीको दाबी छ।

यस्तो छ सूची

खस आर्य ३२ जना
करुणा बस्नेत
उमा अधिकारी
सीता दाहाल
पञ्चा सिंह
निशा न्यौपाने
कमला नहर्की
गङ्गा खड्का बोगटी
निर्मला साउँद
दिलकुमारी पन्त
मञ्जु कोइराला
उषाकुमारी पोख्रेल
भगवती नेपाल
इन्दिरा ढुङ्गाना
जयानन्द कार्की रावल
ज्ञानु आचार्य
यमुना गुरागाईँ
सावित्री पोखरेल
प्रदेशकुमार हमाल
महेन्द्रबहादुर कार्की
प्रेम बयक
नहेन्द्र खड्का
जितेन्द्र दाहाल
सुजाता काफ्ले
डम्बरबहादुर क्षेत्री
विनोद कटुवाल
राममणी पोख्रेल
तीर्थबहादुर बुढा
विष्णु लम्साल
भिमबहादुर भण्डारी
कृष्णबहादुर बुढा
गोविन्दराज पौडेल
विष्णुप्रसाद खनाल

आदिवासी जनजाति ३३ जना
दिपक जंगम
भिमकुमारी बुढा
सोमती गुरुग
सर्मिली लामा
ममता राजबंशी
अञ्जिता श्रेष्ठ
विष्णुकुमारी थापामगर
मेनुका थुलुंग
सुनिता बुढामगर
निर्मला श्रेष्ठ
रामदेवी तामांग
सुनिता घले
सीता श्रेष्ठ
सोनम लामा शाक्य
नलिनि सि
सविता तामांग
जमुना गइजु
कल्पना लिम्बु
परशुराम तामांग
दिलिप प्रजापती
झक्कुप्रसाद घर्ती
कृष्णकुमार राई
वेखानसिंह तमु
पासांग शेर्पा
भरतकुमार श्रेष्ठ
वीरबहादुर बुढाथोकी
दंगध्वज खोयाहांग
शेरबहादुर तामांग
मंगलसिंह प्रजा
जेतबहादुर पुन
रुकुम पाख्रिन
रहलसिंह तामांग
डा. पुष्पराज कर्णिकार

मधेशी १८ जना
तारा महतो
रामसखी देवी
सुनितादेवी यादव
पुर्णा बुढा झा
जयरानी सहनी
पुनम जैसवाल
संगीतादेवी यादव
सुधा सिं
कल्पनाकुमारी यादव
जगिकुमार बरबरिया यादव
सुरेन्द्रकुमार जयसवाल
घनश्यामप्रसाद रजक
किसुन मण्डल
श्रीप्रसाद साह
कमलराय यावद
छेदि रजक
अभिमन्यु यादव
अरविन्द दास

दलित १५ जना
गीता गहतराज
पार्वती विक
विनिता विक
रेखा राम
शारदा दमै
तारा विश्वकर्मा
सुमरियादेवी पासवान
कमला ज्ञवाली सिर्पाइली
गणेशबहादुर विश्वकर्मा
डा।मित्र परियार
सरद रसाईली
शंकर दुलाल
ठाकुरकुमार विक
कृष्ण नेपाली
गोपाल परियार

थारु ७ जना
निराशा चौधरी
अञ्जु दहित
सस्मति चौधरी
उषाकुमारी चौधरी
भवनकुमार थारु
रामअवतार थारु
लक्ष्यबहादुर चौधरी

मुस्लिम ५ जना
केसर जहा भन्ने सकिना मुस्लिम
जरिना वेगम
जार्मिया खातुन
कमरुल नशा
ताज मोहम्मद मियाँ



प्रतिक्रिया दिनुहोस !