२२ पुस २०८२, मंगलबार

फागुन २१ को निर्वाचन केन्द्रमा राख्दै एमाले सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  5 January, 2026 2:40 pm


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् । बैठक मंगलबार बिहान ९ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । पार्टी स्रोतका अनुसार बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित रहनेछ।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, उम्मेदवारी सिफारिस प्रक्रिया तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने सम्भावना रहेको बताइएको छ । निर्वाचन रणनीति, संगठनात्मक तयारी र आवश्यक निर्णयहरूबारे सचिवालय तहमा धारणा तय गर्ने तयारी छ ।

सत्तारुढ दलहरूको गतिविधि, चुनावी वातावरण र पार्टीको आगामी कार्ययोजनासम्बन्धी विषयहरू पनि बैठकको एजेन्डामा रहने बताइएको छ ।

नेकपा (एमाले) नेकपा (एमाले) ले निर्वाचनलाई लक्षित गर्दै प्रदेश र जिल्लास्तरमा तयारी तीव्र पारेको अवस्थामा सचिवालय बैठकलाई महत्त्वका साथ हेरिएको छ।



प्रतिक्रिया दिनुहोस !