२३ पुस २०८२, बुधबार

एमाले दाङको बैठक : उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउन सचिवालयलाई जिम्मेवारी

प्रकाशित मिति :  5 January, 2026 10:07 pm


दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङको बैठक आज घोराहीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य घनश्याम पाण्डे, प्रदेश सचिवालय सदस्यहरू हुकुमबहादुर बस्नेत, मिलन चौधरी, तुलसा केसीलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिससम्बन्धी सूची प्रदेश कमिटीमा पठाउने जिम्मेवारी जिल्ला सचिवालय बैठकलाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख भिमकान्त बस्याल सङ्गीतले जानकारी दिए । उनका अनुसार यसअनुसार जिल्ला सचिवालयको बैठक भोलि दिउँसो १ बजे जिल्ला पार्टी कार्यालय, घोराहीमा बस्नेछ ।

उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण जिल्ला सचिव श्याम डाँगीले गर्नुभएको थियो । बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचन तयारी तथा संगठन सुदृढीकरणका विषयमा पनि छलफल गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !