२४ पुस २०८२, बिहिबार
राजनीति

एमाले केन्द्रीय सचिवालय बैठक सुरु : राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन रणनीतिमा छलफल

प्रकाशित मिति :  6 January, 2026 10:30 am


काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा केही समयअघि सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आसन्न राष्ट्रियसभा निर्वाचन तथा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी रणनीतिबारे छलफल भइरहेको छ ।

साथै, बदलिँदो राजनीतिक समीकरणको समीक्षा गर्दै पार्टीको आन्तरिक र बाह्य रणनीति टुंगो लगाउने विषयमा पनि बैठक केन्द्रित रहेको जनाइएको छ ।

बैठकको मुख्य कार्यसूचीमा पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा आयोजना हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकका लागि प्रस्तावहरूलाई अन्तिम रूप दिने विषय रहेको छ ।

यसअघि सोमबार साँझ नेपाली काँग्रेस, एमाले र अन्य दलहरूबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल भएको सन्दर्भमा आजको सचिवालय बैठकले उम्मेदवारीसम्बन्धी निर्णय टुंगो लगाउने अपेक्षा गरिएको छ । राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुने कार्यतालिका छ।



प्रतिक्रिया दिनुहोस !