२३ पुस २०८२, बुधबार

ट्रम्पद्वारा कोलम्बियाली राष्ट्रपति पेट्रोलाई पदबाट हटाउने र सैन्य कारबाहीको चेतावनी

प्रकाशित मिति :  6 January, 2026 10:37 am


वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपतिगुस्ताभो पेट्रोलाई पदबाट हटाइने चेतावनी दिँदै कोलम्बियाविरुद्ध सैन्य कारबाहीको सम्भावनाबारे कडा अभिव्यक्ति दिएका छन् ।

ट्रम्पले कोलम्बियाली नेतृत्व लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै यसले क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको दाबी गरे ।

उनले पेट्रो नेतृत्वले लामो समयसम्म लागुऔषध तस्करीलाई निरन्तरता दिन नपाउने बताए । कोलम्बियाविरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले “आफूलाई ठिक लागेको प्रतिक्रिया दिने” धारणा व्यक्त गरे ।

पेट्रोले शनिवार भेनेजुएलामाथि भएको अमेरिकी आक्रमणको विषयमा छलफल गर्न अमेरिकी राज्यहरूको संगठन र संयुक्त राष्ट्र संघको आकस्मिक बैठकको आह्वान गरेका थिए ।

गत महिना पोलिटिकोलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले मेक्सिको र कोलम्बिया लगायत अन्य देशका लक्ष्यहरू विरुद्ध सैन्य कारबाही विस्तार गर्ने विचार गर्ने बताए । 



प्रतिक्रिया दिनुहोस !