२४ पुस २०८२, बिहिबार

राष्ट्रियसभा निर्वाचन : नेपाली कम्युनिस्ट पार्टीले एकल उम्मेदवारी दर्ता गर्ने, यी हुन् लुम्बिनीका उम्मेदवार

प्रकाशित मिति :  7 January, 2026 8:59 am


दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी ले एकल उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ। भागबण्डामा सहमति हुन नसकेपछि पार्टीले एकल रूपमा उम्मेदवारी दिने निर्णयमा पुगेको केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार जम्मा १८ सिटमध्ये २ सिटभन्दा बढी दिन नमान्दा सहमति हुन नसकेको हो। “यस्तो अपमान सहनुभन्दा एकल उम्मेदवारी नै उपयुक्त ठान्यौँ,” उनले भने।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले एकल उम्मेदवारीका लागि तयारी सुरु भइसकेको जनाए ।

उनका अनुसार अपाङ्गता समूहबाट बाँकेका सर्जन विक र अन्य समूहबाट दाङका वीरबहादुर केसीको नाम टुंगो लागेको छ भने महिलातर्फको उम्मेदवार भने अझै तय हुन बाँकी रहेको छ ।

लुम्बिनीबाट १ महिला, १ अपाङ्ग र १ अन्य गरी ३ सिट रिक्त रहँदै छ ।



प्रतिक्रिया दिनुहोस !