एमाले लुम्बिनीले सिफारिस गर्यो उम्मेदवार : प्रदेशका २६ निर्वाचन क्षेत्रमा काे काे समेटिए ? हेर्नुहाेस्
दाङ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले आशन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेकाे छ । देउखुरीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको प्रदेश कमिटीकाे सचिवालय बैठकले जिल्ला समन्वय कमिटीबाट सिफारिस भई आएका नामहरूलाई हेरफेर तथा संशोधन गरी केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश सचिव लक्ष्मण आचार्यले जानकारी दिए ।
प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाहरूबाट आएका नामहरूको समीक्षा गरी सन्तुलन मिलाउँदै सिफारिस गरिएको आचार्यले जानकारी दिए ।
प्रदेश उपसचिव पूर्ण बुढाका अनुसार प्रदेश कमिटीले प्रदेशका नाैवटा निर्वाचन क्षेत्रका लागि एकल र अन्य क्षेत्रमा बिकल्पसहितकाे नाम केन्द्रीय कमिटिलाई सिफारिस गर्ने निर्णय गरेकाे छ ।
प्रदेश कमिटीले पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट किरण पौडेल र रामप्रसाद पाण्डे तथा क्षेत्र नं. २ बाट बैजनाथ चौधरी, श्याम बस्याल, भगौती यादव र सरिता पौडेललाई सिफारिस गरेको छ ।
त्यस्तै रुपन्देही क्षेत्र नं. १ बाट छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा. कृष्ण न्यौपानेलाई उम्मेदवार सिफारिस गरिएकाे छ । त्यस्तै क्षेत्र नं. २ बाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल (एकल), क्षेत्र नं. ३ बाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल, हरिप्रसाद अधिकारी, वासुदेव घिमिरे, अयोध्या थारु, विश्वराज बराल र सीता ढुंगाना काफ्लेकाे नाम केन्द्रीय कमिटिलाई सिफारिस गरिएकाे उपसचिव बुढाले जानकारी दिए । उनका अनुसार क्षेत्र नं. ४ बाट हजरत अलि, सुनिल गिरी, सुनिता ठठेर र जीत शाह र क्षेत्र नं. ५ बाट खिमलाल भट्टराई एकल उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।
त्यस्तै पाल्पा क्षेत्र नं. १ बाट राधाकृष्ण कँडेल, नारायणप्रसाद आचार्य, निलबहादुर सारु, दुर्गादेवी राना, विमल काफ्ले र शिव अर्याल र क्षेत्र नं. २ बाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल, ठाकुरप्रसाद गैरे, नारायणी देवी शर्मा घिमिरे, डा. रामबहादुर राउत र रामजी घिमिरेकाे नाम सिफारिस गरिएकाे उपसचिव बुढाले जानकारी दिए ।
उनका अनुसार दाङ क्षेत्र नं. १ बाट रेवतीरमण शर्मा घिमिरे, अर्जुन गुरुङ, डा. सुरामणि बेल्वासे र कमला आचार्य, क्षेत्र नं. २ बाट महासचिव शंकर पोखरेलकाे नाम एकल सिफारिस गरिएकाे छ भने क्षेत्र नं. ३ बाट घनश्याम पाण्डेय, हिराचन्द्र केसी, सीमा न्यौपाने र रामजी चौधरी मिलनको नाम सिफारिस गरिएको छ ।
यसैगरी गुल्मी क्षेत्र नं. १ बाट प्रदीप ज्ञवाली र क्षेत्र नं. २ बाट उपाध्यक्ष गोकर्ण विष्टकाे नाम एकल सिफारिस गरिएकाे उपसचिव बुढाले जानकारी दिए । उनका अनुसार कपिलवस्तु क्षेत्र नं. १ बाट विश्रामप्रसाद चौधरी (एकल), क्षेत्र नं. २ बाट दृघनारायण पाण्डेय (एकल) र क्षेत्र नं. ३ बाट नेत्रराज अधिकारी, अकवाल अहमद साह, सिराज अहमद फारुकी र मीना परियार सिफारिस गरिएको छ ।
बाँके क्षेत्र नं. १ बाट सूर्य ढकाल (एकल), क्षेत्र नं. २ बाट निरक गुरु, कृष्णप्रसाल श्रेष्ठ र अछरी पोखरेल तथा क्षेत्र नं. ३ बाट दलबहादुर सुनार र किस्मत कक्षपती सिफारिस भएकाे बुढाले जानकारी दिए ।
त्यस्तै प्यूठान क्षेत्र नं. १ बाट सूर्य थापा, अर्घाखाँची क्षेत्र नं. १ बाट टोपबहादुर रायमाझी, पिताम्बर भुसाल, विजुला रायमाझी, बोमबहादुर बिश्वकर्मा र भोजबहादुर शाहकाे नाम सिफारिस गरिएकाे छ ।
त्यस्तै रुकुम पूर्वबाट खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनार तथा रोल्पाबाट गोकुलप्रसाद घर्ती, नेपबहादुर वली, ओमराज घर्ती, घनश्याम आचार्य, मिना बुढा, अर्जुनकुमार वली र अस्मिता घर्ती सिफारिस गरिएको छ ।
बर्दिया क्षेत्र नं. १ बाट शालिकराम अधिकारी, कपिल ज्ञवाली, सुरेश रेग्मी, सुष्मा चौधरी र गोविन्द थपलिया र क्षेत्र नं. २ बाट बिमला बिक, कुलप्रसाद पोखरेल, शर्मा थारु, पंकजसिंह राठोर, लिला राना र शिवमणि शर्माको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरिएको प्रदेश उपसचिव बुढाले जानकारी दिए ।








