२८ पुस २०८२, सोमबार

देशभर मौसम मुख्यतया सफा : तराईमा हुस्सु र कुहिरो

प्रकाशित मिति :  12 January, 2026 7:25 am


दाङ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव कायमै रहे पनि हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखा का अनुसार आज पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ । हुस्सुका कारण विशेषगरी बिहान र बेलुकीको समयमा दृश्यता कम हुन सक्ने भएकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन सुझाव दिइएको छ ।

यस्तै, आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । पहाडी तथा हिमाली क्षेत्र भने राति पनि मुख्यतया सफा नै रहने जनाइएको छ ।

मौसमविद्हरूका अनुसार हाल तत्काल ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिएकाले तापक्रममा ठूलो परिवर्तन हुने सम्भावना कम छ । तराई क्षेत्रमा चिसोको अनुभूति भने कायमै रहने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !