२९ पुस २०८२, मंगलबार

भिरबाट लडेर राेल्पाकाे रुन्टिगढीमा ३२ वर्षिया महिलाकाे मृत्यु

प्रकाशित मिति :  13 January, 2026 8:42 pm


दाङ । भिरबाट लडेर राेल्पामा एक महिलाकाे मृत्यु भएकाे छ । जिल्लाकाे रुन्टीगढी गाउँपालिका–८ चाइबाङकी ३२ वर्षिया दिल कुमारी पुनको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको भानु आधारभूत विद्यालयका शिक्षक भरत केसीले जानकारी दिए ।

उनका अनुसार हिजाे बाख्रा चराउन बलडाँडाको भिरमा गएको बेला भिरबाट लडेर उनको ज्यान भएको थियाे । पुनका १ छाेरा र १ छाेरी छन् ।



प्रतिक्रिया दिनुहोस !