५ माघ २०८२, सोमबार

लुम्बिनी प्रदेशका दुई प्रदेश सभा सदस्यद्वारा राजीनामा

प्रकाशित मिति :  19 January, 2026 8:37 am


दाङ । लुम्बिनी प्रदेशका दुई प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिएका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट बर्दिया क्षेत्र नम्बर २ (२) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित धर्म चौधरीले राजीनामा दिएका हुन्।

आगामी प्रतिनिधिसभा निर्वाचनमा उज्यालाे नेपाल पार्टीकाे तर्फबाट सोही क्षेत्रमा उम्मेदवारी दिने तयारीसँगै उनले इमेलमार्फत् सभामुख सचिवालयमा राजीनामा पठाएकाे सभामुख सचिवालयले जनाएको छ ।

यसैगरी, दाङ क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित तथा लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले पनि प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएपछि उनले सभामुखलाई राजीनामा बुझाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !