१६ बैशाख २०८१, आइतबार

चीनसँग सीमा समस्या नरहेको र भारतले समाधान गर्न तत्परता नदेखाएको परराष्ट्रमन्त्रीको भनाई

प्रकाशित मिति :  26 June, 2020 5:45 pm


काठमाडौं, १२ असार ।

परराष्ट्रमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा समस्या समाधान गर्न भारतले तत्परता नदेखाएको बताएका छन् ।

स्थायी कमिटी बैठकमा बैठकमा आज आफ्नो धारणा राख्दै ज्ञवालीले   कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराए ।

बैठकमा उनले कूटनीतिक पहलद्वारा नै सीमा समस्या समाधान गर्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए । परराष्ट्रमन्त्री ज्ञवालीले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने प्रचार झूठो, नियोजित र भ्रामक रहेको उल्लेख गरे । प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको मन्त्री ज्ञवालीले बैठकमा प्रष्ट पारेका थिए ।

बैठकमा लीलामणि पोखरेल,मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा उपस्थित भएनन् । बैठकमा महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली कार्यव्यवस्तताका कारण उपस्थित नहुने जानकारी गराएका थिए ।

अध्यक्ष ओलीले आजको बैठकमा आफू उपस्थित नहुने र बैठक संचालन गर्न भनेको महासचिव पौडेलले सदस्यहरुलाई जानकारी गराएका थिए । अर्को बैठक भोलि ११ बजे प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !