६ माघ २०८२, मंगलबार

दाङ जिल्लामा चुनावी चहलपहल : तीनै क्षेत्रमा ६२ उम्मेदवार मैदानमा

प्रकाशित मिति :  20 January, 2026 8:22 pm


दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न भएसँगै जिल्लामा चुनावी माहोल थप तातेको छ ।

प्रमुख राजनीतिक दलदेखि साना दल र स्वतन्त्र उम्मेदवारसम्म गरी दाङ–१, २ र ३ मा कुल ६२ जनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार दाङ–३ मा सबैभन्दा धेरै उम्मेदवार देखिएका छन् भने दाङ–१ मा तुलनात्मक रूपमा कम उम्मेदवारी परेको छ । यसले दाङमा प्रतिस्पर्धा बहुपक्षीय र रोचक बन्ने संकेत गरेको छ ।

दाङ १ : १४ उम्मेदवार
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ कांग्रेस, एमाले, माओवादीसहित विभिन्न दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ ।

निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालका अनुसार दलगत प्रतिस्पर्धासँगै स्वतन्त्र उम्मेदवारहरूले पनि मतदातासामु वैकल्पिक रोजाइ प्रस्तुत गरेका छन् ।

दाङ–१ बाट निम्न उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्–

नेपाली कांग्रेस : योगेन्द्र चौधरी

नेकपा एमाले : रेबती रमण शर्मा

नेपाली कम्युनिस्ट पार्टी : मेटमणि चौधरी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) : प्रकाश साही

राष्ट्रिय प्रजातन्त्र पार्टी : विनय बिसी

राष्ट्रिय जनमोर्चा : गणेशप्रसाद आचार्य

जनता समाजवादी पार्टी : भरतलाल चौधरी

राष्ट्रिय परिवर्तन पार्टी : रञ्जित चौधरी

नेशनल रिपब्लिक नेपाल : मिनबहादुर ठेडी मगर

मंगोल नेशनल अर्गनाइजेशन : खुमबहादुर गाहा मगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : देवराज पाठक

स्वतन्त्र : कुलप्रसाद केसी

स्वतन्त्र : मणिराम यादव

दाङ २ : २३ उम्मेदवार
दाङ–२ मा २३ जनाले उम्मेदवारी दर्ता गराउँदै सबैभन्दा कडा प्रतिस्पर्धाको संकेत दिएका छन् । यहाँ ठूला दलका प्रभावशाली नेतादेखि नयाँ र साना दलका उम्मेदवारसम्मको उपस्थितिले चुनावी समीकरण जटिल बनाएको छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार दाङ–२ मा दलगत मात्र नभई स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उल्लेखनीय छ ।
नेकपा एमाले : शंकर पोखरेल

नेपाली कांग्रेस : किरणकिशोर घिमिरे

नेपाली कम्युनिस्ट पार्टी : निर्मल आचार्य

राष्ट्रिय जनमोर्चा : मनिराम खनाल

नेपाल मजदुर किसान पार्टी : नवीनकुमार शाही

राष्ट्रिय स्वतन्त्र पार्टी : बिपिनकुमार आचार्य

राष्ट्रिय जनमुक्ति पार्टी : रबिन्द्र उच्च नेपाली

राष्ट्रिय प्रजातन्त्र पार्टी : ऋषिकेश पोखरेल

आम जनता पार्टी : कृष्णबहादुर सुनार

जनता समाजवादी पार्टी : ढुन्डीराज थापा

प्रगतिशील लोकतान्त्रिक पार्टी : प्रतीक अधिकारी

मितेरी पार्टी : रेखबहादुर पुन मगर

नागरिक उन्मुक्ति पार्टी : झरेन्द्रबहादुर खत्री

मंगोल नेशनल अर्गनाइजेशन : अम्मरबहादुर बुढा

नेशनल रिपब्लिक नेपाल : जितन पुन

स्वतन्त्र : धर्मराज शर्मा

स्वतन्त्र : विष्णुविक्रम सेनवली

स्वतन्त्र : लालबहादुर खत्री

स्वतन्त्र : विष्णु कुमारी भुसाल

स्वतन्त्र : पदमप्रसाद पाण्डे

स्वतन्त्र : कल्पना लामा

स्वतन्त्र : समीर वली

स्वतन्त्र: बालाराम पौडेल

दाङ ३ : २५ उम्मेदवार
सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको क्षेत्र दाङ–३ बनेको छ । २५ जनाले मनोनयन दर्ता गराउँदा यहाँ राजनीतिक दल, क्षेत्रीय दल र स्वतन्त्र उम्मेदवारहरूको बाक्लो भिड देखिएको छ । यस क्षेत्रलाई दाङकै सबैभन्दा प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा हेरिएको छ ।
नेपाली कांग्रेस : दीपक गिरी

नेकपा एमाले : घनश्याम पाण्डे

नेपाली कम्युनिस्ट पार्टी : धनबहादुर मास्की

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) : बलबहादुर ओली

राष्ट्रिय स्वतन्त्र पार्टी : कमल सुवेदी

राष्ट्रिय जनमोर्चा : कमला जिसी

मंगोल नेशनल अर्गनाइजेशन : घनश्याम चौधरी

राष्ट्रिय प्रजातन्त्र पार्टी : दामोदर भण्डारी

मितेरी पार्टी नेपाल : सन्तोष सिंह

जनता समाजवादी पार्टी : शोभा डाङी

आम जनता पार्टी : पाण्डबी नेपाली

नेशनल रिपब्लिकन पार्टी : प्रीतम चौधरी

प्रगतिशील लोकतान्त्रिक पार्टी : घनश्याम थापा

संयुक्त नागरिक पार्टी : दलबीर कामी

श्रम संस्कृति पार्टी : टोपबहादुर महतरा

नागरिक उन्मुक्ति पार्टी : महेश चौधरी

स्वतन्त्र : भागिराम चौधरी

स्वतन्त्र : गोपालबहादुर ओली

स्वतन्त्र : सुरेश नेपाली

स्वतन्त्र : प्रेमबहादुर ओली

स्वतन्त्र : महेश डाङी

स्वतन्त्र : यामबहादुर बस्नेत

स्वतन्त्र : भरत परियार

स्वतन्त्र : इन्द्रबहादुर बस्नेत

स्वतन्त्र : सप्रिक कडेल

बहुदलीय प्रतिस्पर्धा र स्वतन्त्रको चुनौती
तीनै निर्वाचन क्षेत्रमा देखिएको उम्मेदवारको संख्या हेर्दा दाङमा यसपटक बहुदलीय प्रतिस्पर्धा तीव्र हुने स्पष्ट छ । परम्परागत ठूला दलसँगै नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले मतदातालाई आकर्षित गर्न कस्तो एजेन्डा अघि सार्छन् भन्ने विषयले चुनावी नतिजामा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको जनाएको छ । अब उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउने तयारी थालेका छन् ।



प्रतिक्रिया दिनुहोस !