६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

प्रकाशित मिति :  27 June, 2020 7:50 am


काठमाडौं, १३ असार ।

गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विहान जारी गरेको विज्ञप्ति अनुसार ३ वटा जिल्लामा ३२ जना संक्रमित भेटिएको जानकारी गराएको हो । निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिकामा १,बिरुवा गाँउपालिकामा १, अर्जुनचौपचारी गाँउपालिकामा १९ र वालिङ नगरपालिकामा १ जना संक्रमित भेटिएका छन् ।

यस्तै बागलुङको ढोरपाटन नगरपालिकामा १ र काठेखोला गाउँपालिकामा ७ जना संक्रमित भेटिएका छन् । नवलपरासीको हुप्सेकोट गाँउपालिकामा पनि २ जना संक्रमित भेटिएको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !