११ माघ २०८२, आइतबार

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सम्पन्न

प्रकाशित मिति :  25 January, 2026 3:16 pm


दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आज बिहानदेखि सञ्चालन भएको मतदानमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रतिनिधिहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन् ।

निर्वाचनमा प्रदेश सभा सदस्यतर्फ कुल ७८ मतदाता सहभागी भएका छन्। जसमा महिला ३० जना र पुरुष ४८ जना रहेका छन् । त्यसैगरी स्थानीय तह सदस्यतर्फ कुल २०८ मत खसेको छ, जसमा महिला ८५ जना र पुरुष १२३ जना सहभागी भएका छन् ।

यसरी प्रदेश सभा सदस्य र स्थानीय तह सदस्य दुवैतर्फबाट खसेको मत संख्या कुल २८६ रहेको छ । निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया कुनै अवरोधबिना सम्पन्न भएको हो । अब मतगणनाको तयारी भइरहेको र तोकिएको कार्यतालिकाअनुसार मतगणना सुरु गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !