८ फाल्गुन २०८२, शुक्रबार

महेश बस्नेतलाई सम्बाेधन गर्दै अखिल क्रान्तिकारी अध्यक्षले लेखे आक्रोशपूर्ण स्टाटस

“प्रिय दाइ महेश बस्नेत, तपाईँलाई दाङबाट सम्झना छ, एकदिन तह लगाउनु पर्छ, एक एक हिसाब राख्नुहोला”
प्रकाशित मिति :  20 February, 2026 12:17 pm


दाङ । दाङमा नेकपा (एमाले) को चुनाव चिन्ह जलाइएको घटनापछि राजनीतिक वृत्त तरङ्गित बनेकाे छ । यही सन्दर्भमा नेकपा (एमाले) सँग वैचारिक रूपमा फरक धारमा रहेको बताउँदै अखिल क्रान्तिकारी दाङका अध्यक्ष गाेविन्द मल्लले सामाजिक सञ्जालमार्फत् आक्रोशपूर्ण स्टाटस सार्वजनिक गरेका छन् ।

उक्त स्टाटसमा उनले तुलसीपुरमा एमालेको चुनाव चिन्ह जलाइएको घटनालाई उल्लेख गर्दै घटनाप्रति आक्राेश व्यक्त गरेका छन् । उनले केही व्यक्तिलाई लक्षित गर्दै कडा शब्द प्रयोग गरेका छन् भने भीडमा अराजक गतिविधि भएको दाबी गरेका छन् ।

स्टाटसमा उनले “हिजो संसद आगो लगाउने, सिंहदरबार जलाउने, अदालत खरानी बनाउने, राजनीतिक पार्टीका कार्यालय तथा नेता–कार्यकर्ताका घर जलाउनेहरू अहिले होहल्ला गरिरहेका छन्” भन्ने अभिव्यक्ति पनि दिएका छन् । साथै, आगामी केही महिना यस्तै गतिविधि बढ्न सक्ने दाबीसमेत गरेका छन् ।

त्यसैगरी, उनले एमाले नेता महेश बस्नेतलाई सम्झिँदै दाङबाट “स्मरण” पठाएको उल्लेख गरेका छन् र केही व्यक्तिहरूसँग “हिसाब राख्नुपर्ने” आशय व्यक्त गरेका छन् ।

उक्त स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै प्रतिक्रिया देखिएको छ । यद्यपि, आरोप लगाइएका विषयहरू सम्बन्धित निकायबाट पुष्टि भएका छैनन् ।

दाङमा चुनावी गतिविधि तीव्र भइरहेका बेला विभिन्न पक्षबाट आउने यस्ता अभिव्यक्तिले राजनीतिक माहोल थप तातेको देखिन्छ ।

https://www.facebook.com/reel/1943463212937672



प्रतिक्रिया दिनुहोस !