पाखापानीमा महेन्द्रा महेन्द्राको आधिकारिक विक्रेताकाे उद्घाटन
लक्ष्मी पाेखरेल
देउखुरी । प्रख्यात भारतीय सवारीसाधन उत्पादक कम्पनी मेहन्द्रा एण्ड महेन्द्राको आधिकारिक विक्रेता राप्ती १ पाखापानीकाे आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ ।
मोटस प्रालिका सञ्चालक माधव भुसालको अध्यक्षता एवम् कम्पनीका आधिकारिक प्रतिनिधि सोमनाथ धरको प्रमुख आतिथ्यतामा उद्घाटन सम्पन्न भएको हो ।
कार्यक्रममा राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरज खड्कासहित स्थानीय जनप्रतिनिधि, व्यवसायी, सामाजिक अगुवा, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि धरले महेन्द्रका सवारीसाधनले नेपाली बजारमा विश्वसनीयता र बलियो ब्रान्ड छवि बनाएको उल्लेख गरे । उनले सेवा विस्तारसँगै ग्राहकलाई अझ सहज, छिटो र भरपर्दो सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष माधव भुसालले राप्ती क्षेत्रका ग्राहकलाई गुणस्तरीय सेवा, सहज रूपमा जगेडा पुर्जा (स्पेयर पार्ट्स) उपलब्धता तथा दक्ष प्राविधिकमार्फत मर्मत सेवा प्रदान गर्ने लक्ष्यका साथ २ एस विक्रेता सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार अब ग्राहकले सवारीसाधन खरिदसँगै मर्मत तथा सेवा सुविधा पनि स्थानीय स्तरमै प्राप्त गर्न सक्नेछन् ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरज खड्काले नयाँ विक्रेता स्थापनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि चलायमान बनाउन टेवा पुग्ने धारणा राखे ।








