२१ फाल्गुन २०८२, बिहिबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले गरे मतदान

प्रकाशित मिति :  5 March, 2026 7:35 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा मतदान गरेका छन्र । आइतबार बिहान उहाँले सन्धिखर्क नगरपालिका–९ रहिसचौरस्थित अर्घा रजस्थल माध्यमिक विद्यालय (क) मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले लोकतन्त्रको सुदृढीकरणका लागि सबै नागरिकले मतदानमा सक्रिय रूपमा सहभागी हुनुपर्ने बताए । उनले शान्तिपूर्ण र मर्यादित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गरे ।

जिल्लामा बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ भने मतदान केन्द्रहरूमा मतदाताको चहलपहल बढ्दो छ । निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सम्बन्धित निकायले आवश्यक व्यवस्थापन मिलाएको छ।



प्रतिक्रिया दिनुहोस !