२१ फाल्गुन २०८२, बिहिबार

काठमाडौँमा मतदान गरी सर्लाही पुगे सभापति गगन थापा

प्रकाशित मिति :  5 March, 2026 2:49 pm


काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंमा आफ्नो मताधिकार प्रयोग गरेलगत्तै सर्लाही पुगेका छन्। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही–४ बाट उम्मेदवार रहेका थापा मतदानपछि सीधै आफ्नो निर्वाचन क्षेत्रतर्फ लागेका हुन्।

थापाको सचिवालयका अनुसार सर्लाही पुगेपछि उनी मतदान केन्द्रहरूको निरीक्षणमा समेत निस्किसकेका छन्। निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा भइरहेको अवस्था बुझ्न तथा कार्यकर्तासँग भेटघाट गर्न उनी विभिन्न मतदान केन्द्रमा पुगिरहेका छन्।

सर्लाही–४ मा यसपटक नेपाली कांग्रेसका सभापति थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यही कारण पनि उक्त क्षेत्रलाई यस निर्वाचनको चर्चित प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा हेरिएको छ।

निर्वाचनको दिनमै उम्मेदवार थापा स्वयं क्षेत्रमै पुगेर मतदान केन्द्रहरूको अवस्था बुझ्न सक्रिय बनेका छन्, जसले चुनावी माहोललाई थप चासोको विषय बनाएको छ।



प्रतिक्रिया दिनुहोस !