२६ फाल्गुन २०८२, मंगलबार

राप्ती गाउँपालिकाकाे स्थापना दिवस : राष्ट्रव्यापी खुल्ला ‘देवी दर्शन दौड’ प्रतियोगिता गरिने

प्रकाशित मिति :  10 March, 2026 7:41 pm


लक्ष्मी पाेखरेल,
दाङ ।
राप्ती गाउँपालिकाले आफ्नो दशौँ स्थापना दिवसको अवसर पारेर राष्ट्रव्यापी खुल्ला ‘देवी दर्शन दौड’ प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्न थालेकाे जानकारी दिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले प्रतियोगिता फागुन २९ गते बिहान ७ बजेदेखि सञ्चालन हुने जानकारी दिए । उनका अनुसार प्रतियोगिता मौरीघाटबाट सुरु भई देवी मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

करिब आठ किलोमिटर दूरीको उक्त दौडमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै खुल्ला प्रतिस्पर्धा राखिएको गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ४० हजार रुपैयाँ तथा तृतीय हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिए ।

गाउँपालिकाले स्थापना दिवसलाई खेलकुदसँग जोड्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने तथा देवी मन्दिर क्षेत्रको धार्मिक र पर्यटकीय महत्वलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष बिष्टले जानकारी दिए । गाउँपालिकाले देशभरका इच्छुक महिला तथा पुरुष खेलाडीलाई उक्त प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !