८ बैशाख २०८१, शनिबार

थप ४७६ जनामा संक्रमणको पुष्टि, कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

प्रकाशित मिति :  29 June, 2020 4:32 pm


काठमाडौं,१५ असार । 

कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय ७६ संक्रमित भेटिएको र देशभर कूल संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको जानकारी दिए ।

७ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा ४७६ कारोना संक्रमित भेटिएका हुन् । अहिलेसम्म ३ हजार १ सय ३४ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २८ जनाको मृत्यु भएको छ ।

१० हजार ८५ जनाको आइसोलेशनमा उपचार भईरहेको प्रवक्ता गौतमले जानकारी दिए । क्वारेन्टाईनमा ५७ हजार ३ सय ६८ जना रहेका   छन् ।



प्रतिक्रिया दिनुहोस !