सुनचाँदीको मूल्य घट्यो : सुन तोलामा ४ हजार ८ सयले सस्तो
प्रकाशित मिति : 15 March, 2026 11:22 am
काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन तोलाको तीन लाख नौ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन तोलाको तीन लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा दुई सय २५ रुपैयाँले घटेर पाँच हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी तोलाको पाँच हजार चार सय ९५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन् ।








