२३ बैशाख २०८१, आइतबार

विप्लव नेतृत्व नेकपाका नेता वीरजङ्ग अदालतबाट रिहा भए लगत्तै फक्राउ

प्रकाशित मिति :  29 June, 2020 7:09 pm


दाङ,१५ असार । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन मध्य पश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ अदालतबाट रिहा भएलगत्तै पक्राउ परेका छन् ।

दाङ देउखुरी जिल्ला अदालतले रिहा गरेलगत्तै चन्दलाई प्रहरीले पुनः पक्राउ गरेर काभ्रे लगेको हो । दाङ देउखुरी जिल्ला अदालतको यसअघिको आदेश अनुसार १५ हजार धरौटी बुझाएर रिहा भएलगत्तै चन्दलाई प्रहरीले अदालत परिसरबाटै फेरी पक्राउ गरेको हो ।

गत २०७६ असोज २९ गते पार्टीको राप्ती ब्यूरो बैठकबाट २१ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्य मध्ये तुलसीपुर कारागारमा रहेको चन्द जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका थिए ।

अदालतबाट रिहाइ भएलगत्तै अदालतमै फुलमाला अविरले चन्दलाई स्वागत गरिएपनि त्यसको केही बेरमै प्रहरील पक्राउ गरेको थियो ।
नेता चन्दसँगै पक्राउ परेका २१ जनामा अरु यसअघि नै रिहाइ भईसकेका छन् । चन्द नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का सहोदर दाई हुन् ।



प्रतिक्रिया दिनुहोस !