४ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  1 July, 2020 8:49 am


काठमाडौं,१७ असार ।

गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयले विहान विज्ञप्ति निकालेर प्रदेशका विभिन्न ६ जिल्लामा २८ जना संक्रमित भेटिएको जनाएको छ । निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा १२ जना, गोरखामा ३ जना, कास्कीमा १ जना कास्कीमा १ जना, स्याङ्जामा ८ जना, बागलुङमा ३ जना र तनहुँमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित मध्य नवलपरासी पूर्व र कास्कीका सबै संक्रमितलाई आइसोलेशनमा लगिसकिएको र बाँकीलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ । यो संगै अहिलेसम्म संक्रमितको संख्या ९ सय ९४ जना पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस !