५ असार २०७८, शनिबार

राेल्पा नगरपालिकाद्वारा उन्नत घाँसकाे बिरूवा वितरण

प्रकाशित मिति :  १७ असार २०७७, बुधबार १२:०७


राेल्पा, १७ असार । 

राेल्पा नगरपालिकाले पशुपालनलाइ प्रवर्धन गर्न उन्नत जातका घाँसका बिरूवा वितरण गरेकाे छ । कृषककाे माग बमाेजिम नगरपालिकाकाे पशुसेवा शाखाले निशुल्क बिरूवा वितरण गरेकाे हाे ।

वितरण गरिएका बिरूवामा पियर ७ हजार गाेटा, टाकी ५ हजार, इपिलिपिल १ हजार र किमुका बिरूवा २ हजार ५ गाेटा रहेका छन् । नगर उप प्रमुख मनकुमारी घर्तीले बिरूवा वितरण गर्दै पशुपालनमा थप सक्रिय रहन कृषकलाइ अनुराेध गरेकी छिन् ।

बिरुवाहरु कृषकले माग गरेर, नाम दर्ता गरि सित्तैमा लान सकिने नगरपालिकाले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !