१७ बैशाख २०८१, सोमबार

ओली पक्षीय नेतासँग अध्यक्ष प्रचण्डको छलफल सकियो, आकस्मिक मन्त्रीपरिषद् बैठक

प्रकाशित मिति :  2 July, 2020 11:44 am


काठमाडौं,१८ असार ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षीय नेतासँग विहान छलफल गरेका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा छलफल गरेका हुन् । हिजो बेलुकी आफूपक्षीय स्थायी कमिटीसँग छलफल गरेका अध्यक्ष प्रचण्डले आज विहान ओली पक्षका नेतासँग छलफल गरेका हुन् ।

छलफलमा तीन जना नेताबाहेक सबै छलफलका लागि खुमलटार पुगेका थिए । छलफलमा पार्टी एकतालाई बचाएर लैजानुपर्नेमा जोड दिएका छन् । छलफलपछि स्थायी कमिटी सदस्य जनार्दशन शर्माले भने,‘‘छलफल भयो । सबैको पार्टी एकता कसरी बचाउने भन्नेमा चिन्ता व्यक्त  भयो । यसका लागि थप छलफल गर्न आवश्यक पनि देखियो ।’

छलफलमा किरण गुरुङ,पृथ्वीसुब्वा गुरुङ र छविलाल विश्वकर्मा बाहेक सबै प्रचण्ड निवासमा पुगेका थिए । खुमलटार छलफल बैठक सकिएलगत्तै मन्त्री परिषद् बैठक बस्दैछ । आन्तरिक विवाद चर्किदै गर्दा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !