अल्पकालीन कर्जा सीमामा बुद्ध एयरकाे ‘ए १’ रेटिङ
प्रकाशित मिति : 22 July, 2026 3:48 pm
काठमाडौँ । बुद्ध एयरले अल्पकालीन ऋण सीमामा ‘ए १’ रेटिङ पाएकाे छ । बुद्ध एयरले इक्रा नेपालबाट गराएकाे रेटिङमा क्रेडिट रेटिङ निरन्तर राख्न सफल भएकाे जनाएकाे छ ।
कम्पनीको अल्पकालीन ऋण सीमा ‘ए१’ रेटिङ नै कायम रहेको छ भने दीर्घकालीन ऋण सीमा ‘एलए’ रेटिङमा कायम रहेको छ।
कम्पनीका अनुसार यो उपलब्धिले सुरक्षा, सञ्चालन उत्कृष्टता, सुदृढ सुशासन तथा यात्रुहरूको विश्वासप्रति आफ्नो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताएको छ। कम्पनीले यो सफलता आफ्नो टिमको समर्पण र ग्राहकहरूले दैनिक रूपमा राखेको विश्वासका कारण सम्भव भएको उल्लेख गरेको छ।
यो क्रेडिट रेटिङ नेपाल राष्ट्र बैंकद्वारा निर्धारित क्रेडिट रेटिङ सम्बन्धी आवश्यकताअनुसार गरिएको हो।








