७ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशमा ८० प्रतिशत कोरोना संक्रमित निको

प्रकाशित मिति :  4 July, 2020 8:12 am


काठमाडौं,२० असार ।

कर्णालीमा कोरोना संक्रमित निको हुनेको संख्या बढेको छ । हिजो शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै कर्णाली प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् ।

दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट छ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका दुई जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

कर्णालीमा अहिलेसम्म कोरोना उपचार गराएर घर फर्कनेको सङ्ख्या १ हजार १ सय ७८ पुगेको छ । कर्णालीका सङ्क्रमितमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म लक्षण नदेखिएको प्रमुख तिवारीको भनाई छ ।

कोरोना सङ्क्रमणका कारण कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !