२३ बैशाख २०८१, आइतबार

गोरखामा कोरोना संक्रमित एक जनाको मृत्यु

प्रकाशित मिति :  4 July, 2020 8:20 am


काठमाडौं,२० असार ।

गोरखामा कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नम्बर ७ निवासी ४४ वर्षीय एक पुरुषको आज विहान गोरखा अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.नविन थापाले विज्ञप्ति जारी गर्दै डाईबेटिज,निमोनिया लगायत दिर्घरोगी ४४ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका छन् ।

संक्रमित ति व्यक्तिको विहान ५ बजेर ५ मिनेटमा निधन भएको डा.थापाले बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३३ पुगेको छ । देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ छ भने निको भएर ६ हजार १ सय ४३ जना घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !