उद्योगमन्त्री यादवले दिइन् राजीनामा, व्यक्तिगत कारण रहेको स्पष्टोक्ति
प्रकाशित मिति : 10 September, 2026 2:14 pm
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको स्पष्ट पारेकी छन्। उनले आफ्नो राजीनामा सम्बन्धित निकायसमक्ष बुझाएकी हुन्।
मन्त्री यादवको प्रेस संयोजक कमल सरगम चौलागाईंले मन्त्रीज्यूले व्यक्तिगत कारणले राजीनामा दिएको जानकारी दिँदै छोटो समयको जिम्मेवारीमा सहयोग, सहकार्य र सद्भाव प्रदान गर्ने सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गरेका छन्।
चौलागाईंले मन्त्रालयका निर्णय, मन्त्रीका गतिविधि तथा सार्वजनिक सरोकारका विषय आम नागरिकसमक्ष पुर्याउन सञ्चारकर्मीबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।









