२५ भदौ २०८३, बिहिबार

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरे

प्रकाशित मिति :  10 September, 2026 8:37 pm


काठमाडौँ – नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

मन्त्रालय पुग्दा उनलाई कर्मचारीहरूले स्वागत गरेका थिए। त्यसपछि उनले मन्त्रालयको मूल ढोकामा ढोगेर कार्यालय प्रवेश गरेका थिए।

गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै उद्योगमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

साहले पदभार ग्रहण गर्दै मन्त्रालयको जिम्मेवारी प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।



प्रतिक्रिया दिनुहोस !