चीनको आपतकालीन सहायता सामग्रीको पाँचौँ ब्याच काठमाडौं आइपुग्यो
प्रकाशित मिति : 11 September, 2026 4:53 pm
काठमाडौँ ।
चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन सहायता सामग्रीको पाँचौँ ब्याच शुक्रबार काठमाडौं आइपुगेको छ।
चिनियाँ वायुसेनाको वाई २० विमानमार्फत ल्याइएको सहायता सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
सहायता सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ*/ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी भएका थिए।
नेपालमा विपद् राहत तथा उद्धार कार्य जारी रहेका बेला तत्काल आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको उक्त ब्याचमा डिजेल जेनेरेटर, मेडिकल सुरक्षात्मक मास्क, भण्डारण क्याबिनेट, डीएनए परीक्षण उपकरण तथा अभिकर्मक र पानी उद्धार सामग्रीलगायत छन्।
उक्त सामग्रीले नेपालमा जारी राहत तथा उद्धारसँगै विपद् व्यवस्थापनका आगामी कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।










तस्बिर : नेपाल फोटो सर्भिस









