१८ बैशाख २०८१, मंगलबार

काश्मिरको बान्दीपोरा जिल्लामा भारतीय जनता पार्टीका नेतासहित तीन जनाको हत्या

प्रकाशित मिति :  9 July, 2020 8:21 am


काठमाडौं, २५ असार।

काश्मिरको बान्दीपोरा जिल्लामा भारतीय जनता पार्टीका पूर्व अध्यक्ष वसीम बारी, उनका बुबा र भाइलाई संदिग्ध कट्टरपन्थीहरूले गोली हानी हत्या गरेका छन् ।

केन्द्र शासित प्रदेश जम्मू कश्मीर प्रहरीका अनुसार हिजो बेलुकी वसीमसहित तीन जना उनीहरूको घर नजिकैको पसलमा बसेका बेला गोली हानिएको थियो ।

काश्मिर क्षेत्र प्रहरीका अनुसार अतिवादीहरूले भाजपा नेता वसीम अहमद बारीलाई लक्षित गरेर गोली चलाएका थिए । घटनामा ३८ वर्षी बारी उनका ६० वर्षीय बुवा र ३० वर्षीय भाई गोली लागेर घाईते भएका थिए । घाईते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएपनि उनीहरुलाई मृत घोषणा गरिएको थियो ।

बन्दीपोराका प्रमुख चिकित्सा अधिकारी बशीर अहमदका अनुसार तीनै जनाको टाउकोमा गोली लागेको थियो।  चिकित्सकका अनुसार राति नौ बजे उनीहरुलाई अस्पताल लगिएको थियो तर अस्पताल पुराउनु अघि नै उनीहरको मृत्यु भईसकेको थियो ।

राज्यमन्त्री जितेन्द्र सिंहले राती ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको घटनाको बारेमा जानकारी लिएका छन् र परिवारमा शोक व्यक्त गरेका छन्।  भाजपाले यो हत्या कश्मीरमा राष्ट्रवादी आवाजलाई दबाउन खोजिएको टिप्पणी गरेको छ ।

भाजपाका जम्मू—काश्मिर इकाईका प्रवक्ता अनिल गुप्ताले कश्मीरमा यस्ता हमलाले आफ्ना आवाजलाई दबाउन नसक्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !