१७ बैशाख २०८१, सोमबार

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित,सहमतिको प्रयास जारी

प्रकाशित मिति :  10 July, 2020 10:41 am


काठमाडौं, २६ असार ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित भएको छ ।

यसअघि हरेक पटक दुई दिनका लागि स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आजका लागि बोलाईएपनि एक हप्ताका लागि स्थगित गरिएको हो । नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले साउन २ गते ११ बजेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएको जानकारी गराएका छन् ।

स्थायी कमिटी बैठक सुरु भएलगत्तै नेकपाभित्र अन्तरविरोध चर्किएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिन भनेपछि पार्टी फुटको संघारमा पुगेको नेताहरुले बताईरहेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुबै पदबाट राजिनामा नदिने स्पष्ट पारिसकेका छन् ।

ओलीको अडानपछि प्रचण्ड र माधव नेपाल पक्ष बहुमतमा हुँदा हुँदै पनि अफ्ठेरोमा परेको छ । यो बीचमा भएका पटक पटकका छलफल निष्कर्षमा पुग्न सकेको छैन । यो बीचमा सहमतिको प्रयास गर्ने नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !