२२ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  11 July, 2020 12:47 pm


काठमाडौं, २७ असार ।

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमित भेटिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

नयाँ संक्रमित पुष्टि हुनेमा तनहुँको ब्यास नगरपालिकाका ३५ वर्षीय एक जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका ३३ वर्षीय एकजना पुरुष छन् ।  त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका १ पुरुष र अन्नपूर्ण गाउँपालिकामा १ जना पुरुष संक्रमित फेला परेका छन् ।

स्याङ्जाको चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकाका १/१ जना पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बागलुङको बडिगाड गाउँपालिकाका १९ वर्षीय एक पुरुष, गल्कोट नगरपालिकाका २५ र ३५ वर्षीय २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २५ र ८५ वर्षीय २ जना पुरुष छन् । संक्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । जसमध्ये ४ जना संक्रमतिको मृत्यु भएको छ । प्रदेशभरि कोरोना निको भएर घर फर्कने ६ सय ३३ जना छन् ।



प्रतिक्रिया दिनुहोस !