१३ बैशाख २०८१, बिहिबार

गाउँ पसेर चर्को व्याज नअसुल्न विप्लव नेकपा रोल्पाको लघुवित्तलाई चेतावनी

प्रकाशित मिति :  12 July, 2020 7:53 am


रोल्पा, २८ असार ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले कोरोना महामारीका बेला गाउँ पसेर व्यास नअसुल्न लघुवित्तलाई चेतावनी दिएको छ । लघुवित्तले गरेको ज्यादतीबारे गुनासो आईरहेको भन्दै नेकपा रोल्पाले कारवाही गर्ने चेतावनी दिएको छ ।

नेकपा रोल्पाका सेक्रेटरी दिनेश विक्रम चन्दद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘सर्वोच्च अदालतको आदेशलाई लत्याएर वित्तीय संस्थाहरुले गाउँगाउँका गरीबहरुलाई प्रताडनाको शिकार बनाईरहेका छन् । गाउँ गाउँमा पसेर उनीहरुबाट चर्को व्याज असुल्ने हर्कत गरीरहेका छन् । यसै शिलशिलामा रोल्पा जिल्लामा पनि यत्रतत्र सर्वत्र यी सुदखोरी संस्थाहरुले गरेको ज्यादतीको गुनासो हाम्रो पार्टीमा आईरहेको छ ।’

सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गरी विभिन्न संस्थाहरुलाई देश पूर्ण रुपमा कोरोना महामारीबाट मूक्त नहुन्जेल लगानी र व्याज नउठाउन नेकपाले आह्वान गरेको छ ।

कोभिड—१९ रोकथामको बहानामा जनस्वास्थ्यको क्षात्रमा भईरहेका व्यापक भ्रष्टाचारबारे सारा जनता आक्रोशित भईरहेको भन्दै नेकपा रोल्पाले छिट्टै यस्ता खाले भ्रष्टाचार र दलालीकरणको केन्द्रहरुमा जनकार्वाही केन्द्रीत गर्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ हाम्रो यस आह्वानलाई कमजोरीको रुपमा लिए यसबाट उत्पन्न हुने सम्पूर्ण परीणामको जिम्मेवारी सम्बन्धीत पक्ष नै हुन्छ।’



प्रतिक्रिया दिनुहोस !