१७ बैशाख २०८१, सोमबार

समझदारी अनुसार समयमा रकम नदिएको भन्दै इरानले भारतलाई रेल परियोजनाबाट हटायो

प्रकाशित मिति :  14 July, 2020 11:25 am


काठमाडौं, ३० असार ।

इरानले भारतलाई चाबहार रेल परियोजनाबाट हटाएको छ । भारतले सम्झौता अनुसार समयमा रकम नदिएको भन्दै इरानले उक्त परियोजनाबाट भारतलाई हटाईदिएको हो ।

भारतीय पत्रिका ‘द हिन्दू’का अनुसार इरानले यो कदम यस्तो समयमा उठाएको छ जब भारत र चीनबीच तनाव बढेको छ र हालसालै चीन र इरानबीच चार सय अर्ब डलरको रणनीतिक लगानीको सम्झौता भएको छ।

चार वर्ष अघि इरान र भारतबीच चाबहारदेखि अफगानिस्तान सीमामा जहादानसम्म रेल लाइन निर्माण गर्ने सम्झौता भएको थियो। अब इरानले यो परियोजना आफैंमा सम्पन्न गर्ने निर्णय गरेको छ र यसमा काम सुरु गरेको छ।

समाचारमा उल्लेख भए अनुसार भारतबाट आयोजनाको लागि रकम आउन ढिलाइ भएपछि इरान आफैले काम सुरु गरेको छ । यस ६२८ किलोमिटर लामो रेलमार्ग बिछ्याउने काम गत हप्ता शुरू भएको छ।

इरानको यातायात र शहरी विकास मन्त्री मोहम्मद इस्लामीले यसको उद्घाटन गरेका छन्। यो रेल लाइनले अफगानिस्तानमा जारानजको सिमाना पार गर्ने छ ।

ईरानी अधिकारीहरूले पत्रिकालाई भनेका छन् कि यो सम्पूर्ण प्रोजेक्ट मार्च २०२२ सम्ममा सम्पन्न हुनेछ। यसको लागि अब इरानको राष्ट्रिय विकास कोष प्रयोग हुनेछ।

चार वर्ष अघि भारतका प्रधानमन्त्री, नरेन्द्र मोदी इरान गएका बेला यस रेल परियोजनामा ​​एउटा सम्झौता भएको थियो जसमा भारतीय रेल निर्माण लि. यस रेल ट्रयाकको निर्माणमा संलग्न हुने सहमति भएको थियो । यसमा भारत र अफगानिस्तान र इरानबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

समाचार अनुसार इरान र चीन २५ वर्षे रणनीतिक साझेदारीलाई अन्तिम रुपमा दिने गरि अगाडि बढेका छन् । जसअन्तर्गत चाबहारको शुल्कमुक्त क्षेत्र, तेल रिफाइनरीमा सम्भवतः चिनियाँको सहभागिता र चाबहार बन्दरगाहमा चीनको ठूलो भूमिका रहेन सक्ने अनुमान छ ।

तेहरान र बेइजिङ अधिकारीहरूले १८ पृष्ठको ‘इरान र चीनबीच सहयोगका लागि विस्तृत योजना’ बारे बाहिरिएको सूचना अनुसार पूर्वाधार, उर्जा र यातायात सुविधा अपग्रेड, बन्दरगाहमा लगानीको सहकार्य हुने छ ।

यसलाई इरानी अधिकारीहरुले स्वीकार गरिसकेका छैनन् । इरानले चीनसँग सहकार्य र भारतलाई एक परियोजनाबाट निकालेपछि भारतीय कूटनीतिक क्षेत्रमा हलचल भएको छ ।



प्रतिक्रिया दिनुहोस !