१८ बैशाख २०८१, मंगलबार

अमेरीकाद्धारा हङकङलाई दिएको ‘विशेष हैसियत’ अन्त्य,मूख्यभूमि चीन सरह व्यवहार गर्ने

प्रकाशित मिति :  15 July, 2020 7:59 am


काठमाडौं, असार ३१ ।

चीनप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आदेशमा हस्ताक्षर गर्दै हङकङलाई दिदै आएको ‘विशेष हैसियत’ खारेज गरेका छन् । ट्रम्पले अब हङकङ्सँग चीनको मुख्य भूमिजस्तै व्यहार गर्ने घोषणा गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने,‘ अब अमेरिकाले हङकङसँग लाई चीनको जस्तै व्यवहार हुने छ ।’

राष्ट्रपति ट्रम्पले उनले हङकङमा अधिकार उल्लंघन गर्ने चिनियाँ अधिकारीहरुलाई अमेरिकामा प्रतिबन्ध गर्न नयाँ अध्यादेश पनि पारित गरेको बताएका बीबीसीले जनाएको छ ।

चीनले हङकङमा नयाँ सुरक्षा कानून लागू गरेपछि अमेरिकाले हङकङसँग विशेष मान्यताको अन्त्य गर्ने घोषणा गरेको हो । चीनसँग कठोर रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पको यो निर्णयले थप संकट गहिरिन सक्ने आँकलन गरिएको छ ।

ट्रम्पले भनेका छन्, ‘अब हङकङलाई कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधि प्रदान गरिने छैन।’  बेलायतको उपनिवेश रहिसकेको हङ्कङसँग चीनमा केही विशेष अधिकारहरु छन् जुन मुख्य चीनका मानिसहरुसँग छैन ।

तर हालका वर्षहरुमा चीन हङकङप्रति कडा बनेको छ । हङकङका मानिसहरु केहि दिनपहिले लागू भएको नयाँ सुरक्षा कानून यही विशेष अधिकार अन्त्य गर्ने प्रयासका रुपमा बुझेका छन् ।

अमेरिकी राष्ट्रपतिको यो कदम हङकङमा सञ्चालित अमेरिकी कम्पनीहरूका लागि टाउको दुखाइ हुन सक्छ। जसको संख्या १३ सयको हाराहारीमा छ ।  बेलायतले सन् १९८९ मा हङकङ चीनलाई हस्तान्तरण गरेको थियो । उक्त समयमा भएको सम्झौतामा विशेष सम्बन्धको मान्यता दिईएको थियो ।

तर हङकङमा नयाँ सुरक्षा कानून लागू भएदेखि धेरै कुराहरुमा परिवर्तन देखिन थालेको मानिउको छ । कानून अनुसार चीनको आलोचना गर्नु अपरोधका रुपमा लिईन थालिएको छ ।  ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग यसबारे कुरा गर्ने कुनै योजना नभएको पनि प्रष्ट पारेका छन् ।

यसको प्रभाव

अमेरिकी नागरिकहरू हाल भिसा विना नै हङकङको यात्रा गर्न सक्छन् । उनीहरुले अब उनीहरूले चीनको कडा भिसा नियमको सामना गर्नुपर्ने हुन सक्छ।  हङकङमा उत्पादन भएका समानहरुमा कर थियो। अब यो अन्त्य हुन सक्छ, जसले अमेरिका र हङकङबीचको अरबौं डलरको व्यापारलाई असर गर्न सक्छ।

विश्लेषकहरू विश्वव्यापी वित्तीय केन्द्रको रूपमा रहेको हङकङको पहिचान बिस्तारै हराउन सक्ने विश्लेषण गर्छन् । यो चीनका लागि अन्तर्राष्ट्रिय वित्तीय बजारहरूको ढोका पनि हो। अब यो बन्द हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस !