१३ बैशाख २०८१, बिहिबार

विवाद समाधानका लागि सत्तारुढ नेकपाका दुई अध्यक्षको प्रयास जारी,आजको छलफमा कुनै सहमति भएन

प्रकाशित मिति :  15 July, 2020 3:35 pm


काठमाडौं, असार ३१ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरी संवाद सुरु भएको छ ।

साउन २ गते सम्म एक हस्ता स्थायी कमिटी बैठक स्थगित गरेपछि दुई अध्यक्षबीच छलफल भएको थिएन । आन्तरिक विवाद चर्कदै गएपछि पार्टी विभाजनको अवस्थामा पुगेको भन्दै जारी स्थायी कमिटी बैठक स्थगित गर्दै बर्ता र छलफल हुँदै आएको छ ।

सहमतिका लागि दुबै अध्यक्षसहित दोस्रो तहका नेता सकृय छन् भने नेता कार्यकर्ताले विज्ञप्ति जारी गर्नेदेखि धर्ना दिनेसम्मका गतिवधि गर्दै आएका छन् ।

तर, पछिल्लो समय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सडक प्रर्दशन समेत हुन थालेको छ । विवाद समाधानका लागि आज दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएपनि कुनै सहमति जट्न सकेन ।

प्रधानमन्त्री एवं अध्यक्ष  ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा छलफल भएपनि कुनै सहमति जुट्न नसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी गराएका छन् । उनका अनुसार दुई अध्यक्षबीच भोली फेरी छलफल हुने छ । सहमतिका लागि हिजोदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ । ओलीले अहिलेसम्म दुवै पद नछाड्ने अडान लिएका छन् । तर समस्या समाधानका लागि कुनै निष्कर्ष निस्केको छैन ।

दुई अध्यक्षबीचको छलफलमा केही बेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक भए पनि अझै निष्कर्षमा पुग्‍न नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !