१८ बैशाख २०८१, मंगलबार

अमेरीकामा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन कम्तिमा ६८ हजार मानिसमा संक्रमणको पुष्टि

प्रकाशित मिति :  17 July, 2020 9:13 am


काठमाडौं, साउन २ ।

अमेरीकामा कारोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ६८ हजार ४ उसय २८ जना संक्रमित भेटिएका छन् । यसै समयमा मृतकको संख्या ९७४ छ ।

अमेरीकामा अहिलेसम्म १ लाख ३८ हजार २ सय १ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितको संख्या ३५ लाख ६० हजार ३ सय ६४ पुगेको छ ।

यद्यपी पछिल्लो संक्रमित तथ्याङ्कबारे मिडियामा फरक फरक तथ्याङ्क बाहिर आएका छन् । समाचार संस्था रोयटर्सले ७० हजार संक्रमित भनेकको छ भने न्यूयोर्क टाईम्सले ७५ हजार जनामा संक्रमणको पुष्टि भएको भनेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । ब्राजिलका राष्टपति समेत कोरोना संक्रमित बनेका छन् । ब्राजिलमा अहिलेसम्म ७६ ह्जार ६ सय ८८ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !