६ जेष्ठ २०८१, आइतबार

बाँकेका तीन स्थानीय तहमा कोरोना संक्रमण शून्य, १० आईसोलेशन सेन्टर बन्द

प्रकाशित मिति :  18 July, 2020 9:38 am


बाँके, साउन ३ । 

बाँकेका तीन स्थानीय तह कोरोना संक्रमण शून्य भएको छ । सुरुमै कोरोना संक्रमणको चपेटामा परेको नरैनापुर, डुडुवा गाँउपालिका कोरोना संक्रमण मुक्त भईसकेका छन् ।

जानकी गाँउपालिका–३ का एक जना मात्रै पनि आज कोरोना संक्रमण निको भएर घर फर्कदै छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज बाँकेका ५ जना कोरोना संक्रमण निको भएर घर फर्कन लागेका हुन् ।

जानकी गाँउपालिका –३ का संत्रमितसँगै राप्ती सोनारी,कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका एक एक जना संक्रमित निको भएर घर फर्कदैछन् ।

बाँकेमा अहिलेसम्म ३ सय ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा ३ सय ६६ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ । अब आइसोलेशनमा उपचारका क्रममा १५ जना मात्र बाँकी रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

आइसोलेशनमा रहेका मध्य खजुराका ६, नेपालगञ्जका ४,राप्तीसोनारीका ३,कोहपुरका १ र बैजनाथका १ जना रहेका छन् । बाँकेमा लाईन्स डेन्टल अस्पताल,कृषि तालिम केन्द्र, खजुराको आइसोलेशन सेनटर बन्द गरिएको छ । सञ्चालनमा रहेका १२ वटा आईसोलेशन सेन्टर मध्य १० वटा खाली रहेको श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस !