१६ चैत्र २०८०, शुक्रबार

अध्यक्ष प्रचण्डलाई झुक्काएर शीतल निवास लगिएको होईन: प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति :  21 July, 2020 3:16 pm


काठमाडौं, साउन ६ ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति भेटन शीतल निवास कसैले झुक्काएर नलगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रष्टिकरण दिएका छन् ।

स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डपनि राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए ।

तर पछि वरिष्ठ नेता माधव कुमार नेपाल र आफू पक्षीय स्थायी कमिटी सदस्यलाई आफूलाई परिबन्धमा पारेर शीतल निवास पुराईएको बताएको मिडियामा सार्वजनिक भएको थियो ।

तर, आजको स्थायी कमिटी बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘झुक्याएर कोहीले लैजाँदैन। कोही जाँदैन। उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष पनि होइन, सत्य के हो भने अध्यक्ष प्रचण्ड शितल निवास जानुभएको हो।’

यसबारे प्रवक्ता श्रेष्ठले प्रचण्डबाट उक्त ब्रिफिङ नभएको दाबी समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !