७ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई शंकर पोख्रेलको प्रश्नःआफू प्रधानमन्त्री हुँदा नक्शाको कुरा थाहा किन नभएको ?

प्रकाशित मिति :  25 July, 2020 7:21 am


काठमाडौं, १० साउन ।

सत्तारुढ नेकपाभित्रको विवाद सार्वजनिक रुपमै आरोप प्रत्यारोपका रुपमा प्रकट हुन थालेको छ ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । सहमति खोज्न भन्दै स्थायी कमिटी बैठक स्थगित गरेकै बेला दुई पक्षबीच सार्वजनिक रुपमा आरोप प्रत्यारोप सुरु भएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो एक सार्वजनिक कार्यक्रममा पार्टी भित्र संकट भएको र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रयासमा नेकपा एमाले दर्ता भएको आरोप लगाएका थिए ।

उनले लिम्पियाधुरा,लिपुलेक र कालापानीको नक्शा जारी गर्न आफूले पहल गरेको बताएपछि ओली निकट स्थायी कमिटी सदस्य शंकर पोख्रेलले तयसको प्रतिवाद गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा आज विहानै प्रचण्डमाथी प्रश्न गरेका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका पोख्रेलले प्रचण्डलाई आफू प्रधानमन्त्री हुँदा नक्शाको कुरा थाहा किन नभएको भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्,कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुदा नक्साको कुरा था नपाउनेले अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको ?

यसले नेकपाभित्रको विवाद सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा परिणत हुन सुरु गरेको देखिएको छ । कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले केपी शर्मा ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने माग राख्दै आएका छन् भने ओलीले त्यसलाई अस्वीकार गरिदिएका  छन् । यसले पार्टी विभाजनतर्फ गएको भन्दै नेताहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !