७ बैशाख २०८१, शुक्रबार

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण

प्रकाशित मिति :  26 July, 2020 1:23 pm


काठमाडौं,११ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीको आफ्रनै अस्पतालमा परिक्षण गर्दा एक हवल्दार र तीन जवान गरी चार जनालाई संक्रमण देखिएपछि थप पुष्टीको लागी टेकु अस्पताल पठाईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज बहादुर शाहीका अनुसार प्रहरी सवारी र संचार शाखामा कार्यरत प्रहरीलाई ज्वरो आएपछि पीसीआर प्रविधिबाट परिक्षण गर्दा कोरोना पुष्टी भएको हो ।

डिआइजी शाहीले भने “औपचारिक जानकारी मन्त्रालयले नै देला अहिले हामिले संक्रमण पुष्टी भएका प्रहरीलाई थप परिक्षणको लागि टेकु पठाएका छौ ।”
कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्य १२ जनाभन्दा बढी प्रहरीको कोरोना परीक्षणको लागि स्वाब लिइसकेको छ।



प्रतिक्रिया दिनुहोस !