८ बैशाख २०८१, शनिबार

आइतबार मृत्यु भएका व्यवसायीको पीसीआर पोजेटिभ

प्रकाशित मिति :  27 July, 2020 2:11 pm


काठमाण्डौं, १२ साउन । नारायणी अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएका वीरगन्जका व्यवसायीको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

अस्पतालको अस्थायी कोभिड गन्डक अस्पतालको भेन्टिलेटरमा उपचाररत वृद्धको कोरोना संक्रमणको कारण मृत्य’ भएको अस्पतालले जनाएको छ ।

भारतीय नागरिक रहेका वीरगन्ज आर्दश नगरका ६५ वर्षीय व्यवसायीको आइतबार बिहान निधन भएको थियो ।नारायणी अस्पतलामा उपचार गराई रहेका ती व्यवसायी मुटुका रोगी र मधुमेहका रोगी थिए ।

उनको एक सातादेखि श्वासप्रश्सावमा समस्या आएपछि उनको स्वाब संकलन गरी गण्डक कोभिड अस्पतालमा भर्ना गर्न गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !