आज साउन १५ खिर खाने दिन; यसरी बनाउनुहाेस् स्वादिष्ट खिर

लक्ष्मी ज्ञवाली

काठमाडाैं, साउन १५ । 

आज साउन १५  । नेपाली प्रचलन अनुसार खिर खाने दिन । खिरलाइ विभिन्न उत्सव, चाडवाड, पुजाआजा, बिहे, ब्रतबन्धमासमेत परिकारका रुपमा पस्किने गरिन्छ । पाेषकीय महत्व रहेकाे परिकार खिर खानलाइ नेपालमा साउन १५ लाइ विशेष दिन मानिन्छ ।

खिरलाइ साल र भाेर्लाका टपरी राखेर खाने चलनचल्ती रही आएकाे छ । हिन्दुधर्ममा खिरलाइ एउटा शुद्ध परिकारकाे रुपमा मानिन्छ । धार्मिक ग्रन्थ अनुसार सेताे दुध र सेताे चामल मिसाएकाे याे भाेजनकाे सम्बन्ध देवताहरूले प्राचिनकालमा समुन्द्रमन्थनसँग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दुधलाइ शुद्दिकरण गर्ने तत्व र पाेषणयुक्त बहुगुणी अमृतकाे रुपमा लिइन्छ ।

खिर अर्थात चामल र दुधकाे मिसिएकाे पकवानलाइ प्राचीन भाेजनका रुपमा व्याख्या गरिएकाे छ। किम्बदन्ती अनुसार भगवान श्रीकृष्णले एकदिन साधुकाे भेष बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएकाे र जितकाे बदलामा विभन्न मन्दिरहरुमा निशुल्क खिर बाढ्ने शर्त राख्नुभएकाे थियाे । उक्त बाघचाल खेलमा भगवान कृष्णले राजामाथि विजय प्राप्त गरेकाे सम्झनामा मा अझै पनि दिनदुखिलाइ मन्दिरमा खिर बाड्ने चलन रहेकाे छ ।

यसरी तयार गर्नुहाेस् स्वादिष्ट खिर

परिवारका सदस्य संख्या अनुसार कसाैंडी वा उपलब्ध भाँडामा मात्रा मिलाइ दुधलाइ सानाे आगाेमा पकानुहाेस् । दुधकाे एक तिहाइ चामल मिसाउनुहाेस् । उपलब्ध भए सम्म टाइचिन अथवा अनादीकाे चामल मिसाउनुहाेस् किनकी यी चामल नरम र लसाइलाे हुने हुनाले खिर स्वादिष्ट बन्दछ ।

यसरी दुधमा मिसाइएकाे चामललाइ सानाे आगाेमा पकाउनुहाेस्, सानाे अागाेमा पकाउदा खिर उम्लिएर पाेखिदैन र राम्राेसँग पनि पाक्दछ । दुधकाे मात्रा घट्दै जाँदा त्यसमा अलिकति काजु, नरिवल, ल्वागं, सुकमेल मिसाउनुहाेस् ।

खिर बाक्लाे हुदै गएपछि पाक्नेबेलामा मात्रै चिनी हाल्नुहाेस् यदि चिनी पहिल्लै हालियाे भनि खिर डढ्न सक्छ त्यसैले खिर पकाउदा जहिलेपनि चिनी पाकिसक्ने बेलामा हाल्नु पर्दछ । अब यसरी पाकिसकेकाे खिरमा अलिकति ध्यू र केशर हाल्नुहाेस् स्वादिष्ट खिर तयार हुन्छ ।