नेपाली क्रिकेटर सन्दीप लामिछाने सीपीएल खेल्न ट्रिनिडाड एन्ड टोबागो प्रस्थान

काठमाडौं, १५ साउन ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो प्रस्थान गरेका छन्।

उनी कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहान १० बजे ट्रिनिडाड एन्ड टोबागोतर्फ लागेका हुन् । पीपीई लगायतका स्वास्थ्य सुरक्षाका सामग्री लगाएर उनी विमानस्थल पुगेको फोटो सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले सार्वजनिक गरेका छन्।

यसअघि हवाई उडानको यकिन नहुँदा उनी टोबागो जानेबारे अन्योल भएपनि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । । सन्दीप यस यामको सीपीएलका लागि जमैका तल्लावाहजबाट १ करोड ५६ लाख रुपैयाँमा अनुबन्धित भएका छन्।