रुपन्देहीमा विप्लव नेतृत्वको नेकपालाई धक्का, जिल्ला इन्चार्ज पुनसहित १० जना भन्दा बढी पक्राउ

रुपन्देही, १६ साउन।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् ।

बुटवलको मोतीपुर क्षेत्रबाट नेकपाका जिल्ला इन्चार्ज पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

१० जनाभन्दा बढी भनिएपनि प्रहरीले एकिन संख्या बताएको छैन ।